कञ्चनपुर, पुष २८ कञ्चनपुरको उत्तरी गाँउबस्ती ब्रम्हदेबमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ ।

नोभा अस्पताल र जागृती फाउण्डेशनको संयुक्त आयोजनमा भीमदत्त नगरपालिका ९ब्रम्हदेब गाँउमा एक दिने निःशुल्क स्वास्थ्य शित्रिर आयोजना गरिएको हो ।
दुर्गम सीमावर्ती गाँउबस्तीका नागरिकलाई समेत अस्पतालले सेवा प्रदान गर्ने उदेश्यले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको जनाएको छ ।
नोभा अस्पतालका जनरल तथा ल्याप्रोस्कोपि सर्जन डा. दिप पोख्रेलल सहितको चिकित्सक एव स्वाथ्यकर्मी टोलीले उपचार गरेका थिए ।
झण्डै एकसय नागरिकले उपचार गरेका नोभा अस्पतालका म्यानेजिङ्ग डाईरेक्टर लोकराज भट्ट, जागृती फाउण्डेशनका म्यानेजिङ्ग डार्ईरेक्टर रविचन्द ठकुरी सहितको उपस्थिति रहेको थियो ।
यसरी गाँउमै आएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेपछि नागरिकले समेत नोभा अस्पतालप्रति आभार प्रकट गरेका छन ।

