शनि, जेष्ठ २३, २०८३

नगर खेलकुद विकास समितिद्धारा खेलाडीहरुलाई खेल सामग्री वितरण


पप्पु गुरुङ्ग दोधारा २६ पौष । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।

दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो बिकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र सचिव सागर बहादुर शाहीलाई एक कार्यक्रमको बिच रु. १ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्द लगाएत नगर खेलकुद बिकास समितिका पदाधिकारी, खेलाडीहरुको सहभागिता रहेको थियो ।

नगर विकास संगै खेलकुदको विकासमा पनि दोधारा चाँदनी नगरपालिकाका उत्तिकै जिम्मेवार रहेको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले कराते र तेक्वान्दो खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ् ।

कराते र तेक्वान्दो खेल प्रति युवा वर्गको थप क्रेज बढाउन उद्धेश्यले नगर खेलकुद बिकास समितिले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्तर्गत खेल समाग्री बितरण गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

खेलाडीहरुले खेल सामग्री प्राप्त गरे संगै खेलमा अगाडी बढ्न हौसला मिलेको बताएका छन् । खेलाडीहरुले खेल सामग्री प्राप्त गरेपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद बिकास समितिलाई धन्यबाद दिएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply