कञ्चनपुर।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ३, मा रहेको कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रमको स्वागत मन्तव्य सहकारीका सचिव राजबहादुर चौधरीले व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन सहकारीकी व्यवस्थापक कर्मचारी यसोदा वडुले गर्नुभएको थियो।सभामा सहकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल कारोबार रु २,१५,८४,०६४।१३ पुगेको जानकारी गरायो।
सहकारीको शेयर पुँजी रु ३२,२२,१००, निक्षेप रकम रु ४८,०३,९३५, कर्जा लगानी रु १,२३,०३,१७२, स्थिर सम्पत्ति रु ३२,४०,८८१, नगद मौज्दात रु ३३,७२७, र बैंक मौज्दात रु ८,७९,५३४।५९ रहेको प्रतिवेदनमा उल्लेख गरियो। शुद्ध मुनाफा रु ६,९७० रहेको पनि जानकारी गराइयो।सहकारीले आफ्ना सदस्यहरूका लागि विभिन्न बचत तथा कर्जा योजनाहरू सञ्चालन गरेको छ। साधारण बचतमा ७।५५, बाल बचत र खुद्रे बचतमा ८।५५, ज्येष्ठ नागरिक बचतमा ९५, र मुद्दती बचत ९१ वर्ष० मा ९५ तथा ९२(५ वर्ष० मा १०५ ब्याजदर प्रदान गरिएको छ। कर्जातर्फ साधारण ऋणमा १६५, व्यापार ऋणमा १५।७५५, र कृषि ऋणमा १५५ ब्याजदर कायम गरिएको छ।
सभामा वक्ताहरूले सहकारीका अध्यक्ष सुकबहादुर तामाङको कुशल नेतृत्व र व्यवस्थापनको प्रशंसा गरे। उहाँको नेतृत्वमा सहकारीले ८५० जना शेयर सदस्यहरूलाई आवद्ध गर्दै पुनर्वास क्षेत्रको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए । सभाले सहकारीको आगामी योजनामा सेवा विस्तार, वित्तीय स्थायित्व, र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ।
श्री कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्था पुनर्वास क्षेत्रका लागि एक उदाहरणीय संस्था बन्न सफल भएको छ।सहकारीका अध्यक्ष सुकबहादुर तामाङको सभापतित्वमा सम्पन्न सभामा पुनर्वास नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

