महेन्द्रनगर,पवन औजी गायक महेन्द्र राम पार्कीको लोक भजन “हे बाबा परशुराम” सार्वजनीक भएको छ। पार्कीको आफ्नै अफिसियल यूटुब च्यानलबाट सार्वजनीक भएको हो।
हेमन्त शिशिरको संगित , एरेन्ज रहेको उक्त भजनमा बसन्त प्रकाश जोशीको शब्दमा रहेको छ ।डि म्यूजीक स्टुडीयो काठमाण्डौमा रेकर्ड गरिएको हो ।
भजनमा परशुराम धाम अर्थात परशुराम मन्दिरको महिमाका बारेमा बर्णन गरिएको गायक पार्कीले बताउनु भयो । उहाले परशुराम वरपरका बिभिन्न धार्मीक र ऐतिहासिक ठाउँहरुको पनि ब्याख्या गरिएको बताउनु भएको हो ।
बिगतका गित संगितहरु जस्तै यो भजनलाई पनि माया गरिदिन उहाले आग्रह गर्दै अब धड्कन , गङ्गाजल लगायतका देउडा गित बजारमा ल्याउने तयारीमा रहेको बताउनु भयो ।https://youtu.be/g5DRk1pfeHs?si=VFdXh753cfB4nhTZ

