आइत, जेष्ठ २४, २०८३

मन्त्र अस्पताल, निङलाशैनी सहकारी र भीमदत्त नगरपालिका विच रोजगार सम्झौता


कञ्चनपुर, पुष २४ ।कञ्चनपुरको भीमदत्त नगरपालिका र रोजगारदाताविच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका विच नगरपालिका र रोजगारदाताविच सम्झौता भएको हो ।

भीमदत्त नगरपालिका रोजगार संयोजक कृष्ण बहादुर चन्दले रोजगारी सृजनाका लागि रोजगारदातासंग सम्झौता गरेको बताए । उनका अनुसार मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर, निङलाशैनी बहुउदेश्यीय सहकारी संस्था सहितसंग सम्झौता गरिएको बताए ।

उनले श्रमडेस्क स्थापना गरेर कामकाज शुरु भएको बताए ।भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमसग मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकाया, निङलाशैनी बहुउदेश्यीय सहकारीका कार्यकारी अधिकारी प्रेमसिह भाटले सम्झौता हस्ताक्षर गरेका छन, भने उपमेयर निलम लखेकसग पत्र आदान प्रदान गरिएको छ ।

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले स्थानीय सरकारसंग सम्झौता अनुरुप अस्पताललाई जाहिने दक्ष जनशक्तिलाई रोजगारी दिने बताए । यस्तै निङलाशैनी बहुउदेश्यीय सहकारीका कार्यकारी अधिकारी प्रेमसिह भाटले पनि आवश्यकता अनुरुप श्रमिकलाई रोजगारी दिने बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोजगारदाता उद्योगी, व्यवसायीको हकहितका क्षेत्रमा स्थानीय सरकारले कामकाजमा जोडदिए ।

एमाले निकट मजदुर नेता शंकर जोशीले मजदुर सुचिकृतमा जोडदिए । माओवादी निकट मजदुर नेता पदमराज जोशीले मजदुरको हक अधिकार सुनिश्चित हुने गरेर कामकाजमा जोडदिए ।

भीमदत्त नगरका उपप्रमुख निमल लेखकले रोजगारी सृजना गर्दै स्थानीय सरकारले रोजगारदातालाई जनशक्ति र जनशक्तिलाई रोजगारी दिलाउने उदेश्य रहेको बताए ।

‘यो शुरुवात मात्रै हो, ‘उनले भनिन, ‘अब थप रोजगारदाताहरुलाई सुचिकृत हुन आब्हान गर्दै छौँ ।’ रोजगार शाखाका सव ईन्जिनियर कमलराम विश्वकर्माले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी सहितका सरोकारवाला सहभागि भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply