शनि, जेष्ठ २३, २०८३

तीन दशकदेखि शुक्लाफाँटा निकुञ्जको ९ सय विगा जमिन भारतीयको कब्जामा


कञ्चनपुर ।कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ विगाह सरकारी नेपाली जमिन भारतीयको कब्जामा रहेको पाईन्छ । तीन दशकदेखि शुक्लाफाँटा निकुञ्जको ९ सय विघा जमिन भारतीय नागरिकको कब्जामा रहेको हो । निकुञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय किसानहरुले तीन दशक बढी समयदेखि नेपाली भूमी कब्जा गरेर खेती गरिरहेका छन । उनीहरुले उक्त नेपाली भूमिमा बषौँदेखि खेतीपाती गर्दै आएका छन । पुरानो जङ्गे पिल्लरको २७ र २८ नम्बर अर्थात् हाल नयाँ ७८७ देखि ७८८ नम्बर सीमा स्तम्भबीचको निकुञ्जकै नाममा रहेको सरकारी जमिन भारतीयले आफ्नो भन्दै खेतपाती गर्दै आएका छन । भारतीयहरुले उक्त क्षेत्रमा सहायक सीमा स्तम्भहरू पनि गायब पारिएका छन् । जोर सीमा स्तम्भ र त्यसका सहायक स्तम्भहरू पुर्ननिर्माण मर्मतसम्भारको जिम्मेवारी भारतीय पक्षको भएपनि भारतीय पक्षले अहिलेसम्म सीमा स्तम्भ मर्मतसम्भार पनि गरेको छैन । बरु आफ्ना नागरिकलाई नेपाली भूमि कब्जा गरेर खेतीपाती गर्न दिएका छन । नेपाली भूमी कब्जा गरेर खेतीपाती गर्दै आएका भारतीय नागरिकहरुले फगत आफ्नो भूमि भएको भन्दै खेती गरेको दावि गर्दै आएका छन । भारतीय नागरिकहरूले करिब तीन दशक भन्दा लामो समयदेखि उक्त क्षेत्रमा आफूहरू बसोबास गरिरहेको र खेती गरेको बताउँछन् । उनीहरू आफैँ भन्छन, ‘केही जमिनको पुर्जा छ भने केही कब्जा गरेका हौँ, भन्दै नेपाली भूमि कब्जा गरेर खेती गरेको स्वीकार गरिहेका छन । भारतीय नागरिकहरूले खुलेआम ‘हामीसँग पुर्जा छ’ भनी दाबी गर्दा प्रश्न उठ्छ कि, नेपाली जमिनको पुर्जा उनीहरूले कसरी पाए ? उनीहरूले निर्धक्क नेपाली भूभाग कब्जा गरेर भोगचलन गरिरहेका , तर निकुञ्ज क्षेत्र भएकाले नेपाली नागरिक नागरिकलाई आफ्नै भूमिमा प्रवेश गर्न रोक लगाइएको छ । नेपालमा देखिएको राजनैतिक अस्थिरताकै कारण भारतीय पक्षले नेपाली जमिन कब्जा गरेको अधिकारीहरुको भनाई छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब नौ सय विघा जमिन भारतीय पक्षले तीन दशकदेखि उपभोग गरिरहेको थाहा हुन आएको बताए । प्रजिअ सापकोटाले भारतीय नेपाली पक्षले बिजोर मुख्य र सहायक सीमा पिलर पुर्ननिर्माण मर्मत गरेको भएपनि भारतीय पक्षबाट ७८८ जोर सहितका सहायक सीमा पिलर मर्मत नगर्दा भारतीय नागरिकले आफ्नो भन्दै उपभोग गर्दै आएको बताए । ‘भारतीय पक्षले ७८८ सीमा पिलर मर्मत गरे उक्त अतिक्रमण समस्या हट्छ, ‘प्रजिअ सापकोटाले भने, ‘हामीले गृहलाई उक्त सीमा पिलर पुर्ननिर्माणका लागि जिल्लाबाट समेत पत्राचार गरेका छौँ ।’ जिल्ला स्थित निकुञ्ज प्रशासन र सुरक्षा अधिकारीले मात्रै उक्त क्षेत्रमा पुग्न सक्ने भए पनि पहुँच कठिन छ । अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्ज भित्रका थुप्रै नदीनालाहरूमाथि पुल नभएका कारण सवारी साधन प्रयोग गर्न सकिँदैन । केही समय अघि प्रमुख जिल्ला अधिकारी सहितका अधिकारीले उक्त क्षेत्रमा अनुगमनका लागि हात्तीको सहारा लिनुपरेको थियो । पूर्वाधारको अभावले भारतीय पक्षलाई अतिक्रमण गर्न सजिलो बनाएको जनाईएको छ । यसै वर्ष मात्र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा पर्ने थप ५० बिघा नेपाली जमिन खनजोत गरिरहेको पाइएपछि दुई जना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले दुई अतिक्रमणकारी भारतीयलाई नियन्त्रणमा लिएपछि केही रोकिएको बताए । पक्राउपछिको कडा कदमले थप अतिक्रमण रोकिएको देखिए पनि दीर्घकालीन समाधानका लागि सरकारको सक्रियता आवश्यक रहेको बताए । कञ्चनपुर स्थित सीमाङकनका लागि आएको संयुक्त सीमा सर्वे टोलीले ०७५ फागुनमा संयुक्त सीमा सर्वो टोलीले बेलडाँडी, बेलौरी क्षेत्रमा रहेको नेपाली दर्तावाला जमिन भारतीय भूमिमा देखारपछि विवाद उत्पन्न भई सीमाङकन रोकिएको थियो । नेपाली भूभाग यसरी भारतीय पक्षले दशकौँदेखि अतिक्रमण गरिरहँदा नेपाली पक्षले फिर्ता गराउन प्रयासरथ रहेको छ । भारतीय पक्षले कब्जा गरेको आफ्नो भूभाग फिर्ता ल्याउनसरकार कूटनीतिक ढङ्गबाट अगाडि बढ्छ वा बढ्दैन ? जनजनको प्रश्न छ । निकुञ्ज विस्तारका क्रममा विस्थापित हजारौँ नेपाली नागरिकहरू बन जङ्गल र खोलानाला किनारमा कष्टकर जीवन बिताइरहेका छन, जबकी सोही निकुञ्जको ठुलो हिस्सा भारतीय पक्षले कब्जा गरेर उपभोग गरिरहेको विडम्बना छ । नेपाली भूभागमाथि भारतीय पक्षको अतिक्रमण जारी छ । तर सरकार अझै कूटनीतिक पहल गर्नुको सट्टा मौन रहेको स्थानीयको गुनो छ । सीमा विवाद समस्याको समाधानका लागि सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्छ, किनकि यो विषय राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ । नेपाली भूभागमा दोहोरिइरहने अतिक्रमण र सरकारको निष्क्रियता गम्भीर चिन्ताको विषय हो । यो केवल जमिनको अतिक्रमण मात्र नभई, हाम्रो राष्ट्रिय अखण्डतामाथि प्रहार हो । बेलडाँडी गाँउपालिका ५ का वडाध्यक्ष ईन्द्र बहादुर खडाकाले भारतीय कब्जामा रहेको नेपाली भूमि फिर्ताका लागि सरकारले तत्काल ठोस कदम चाल्न आवश्यक रहेको बताए । वडाध्यक्ष खडकाले सरकारले कुटनीतिक पहल गरेर सीमा विवाद निरुपण गर्दै नेपाली भूमि फिर्ता लिनुपर्ने बताए । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका अध्यक्ष पल्लवराज भट्टले भारतीय पक्षले उक्त नेपाली जंगल क्षेत्रमा बदमासी गरेको बताए । ‘उक्त क्षेत्रमा नेपाल तर्फ बस्ती नहुँदा भारतीयहरुलाई अतिक्रमण गर्न सहज भएको छ, सीमा अपडेड नहुँदा भौगोलिक कठिनाईले समेत भारतीयले नेपाली भूमि उपभोग गर्दै आएका छन, ‘उनले भने, ‘भारतीय पक्षले पक्षले मुख्य जोर सीमा सीमा मर्मत नगर्दा भारतीयले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन ।’ भारतीय पक्षले ५९देखि ६३सालमा निर्माण गरेको स्ट्रीप नक्साका आधारमा पनि उक्त भूमि नेपालमै रहेको देखिएको छ, त्यहाँ मात्रै नभई भारतीय पक्षले झिलमिला क्षेत्रमा समेत अढाईसय विगाह नेपाली भूमिमा खेतिपाती गर्दै आएका छन ।’ भारतीय पक्षले ७८८ मुख्य सीमा पिलर निर्माण नगर्दा त्यहाँका नागरिकले सहजै खनखोज गरिरहेको उनले बताए । उनले स्ट्रीप नक्साकै कारण उक्त विवाद टुङगो लाग्न नसकेको बताए । ‘०६५ साल अघिदेखि पनी भारतीय पक्षले उक्त नेपाली भूमि कब्जा गरेको पाईन्छ, ‘उनले भने, ‘पहिल्यैदेखिपनि उचो ठाँउमा पाल टाँगेर चौधर पारी पुर्व तर्फपनि पश्चिम तर्फपनि भारतीयले आफ्नो भन्दै कब्जा गरेका छन, उक्त क्षेत्रमा जंगल र नेपाली बस्ती नहुँदा भारतीयले एकलौटी रुपमा खेतीपाती गर्दै आएका छन ।’ कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधाराचाँदनीसम्म भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ । ०७३ सालमा पुनर्वासको आनन्दबजारमा कल्भर्ट निर्माणका क्रममा भएको विवादमा गोविन्द गौतमको हत्या भएको थियो । प्यारातालमा भारतीय पक्षले आँखा गाडेको छ भने बेलौरीको पचुई क्षेत्रमा डेढ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्न दिएको छैन । कञ्चनपुरको दोधाराचाँदनी, बेलडाँडी, बेलौरी पुनर्वासका विभिन्न स्थानमा रहेको नेपाली भूमिमा नेपाली नागरिकले खेतीपाती गर्न रोक लगाउँदै आएको छ । यसैविच कञ्चनपुरमा भारतीय पक्षबाट सीमा अतिक्रमण बढ्न थालेपछि प्रशासनद्वारा अनुगमन थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नाममा रहेको दक्षिणी क्षेत्र २७ देखि २८ नम्बर सीमा स्तम्भमा भारतीय पक्षबाट सीमा अतिक्रमण बढ्न थालेपछि जिल्लाका सरोकारवाला निकायले संयुक्त अनुगमन गरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा सहित जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरू, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार शाह, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मी राज जोशी लगायत स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायले भारतीय पक्षद्वारा गरिएको अतिक्रमण क्षेत्रको अनुगमन गरेको हो ।स्थलगत अनुगमनको क्रममा दक्षिण बेल्ट पुगेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बिजोर नम्बर सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्नुपर्ने जिम्मेवारी अनुसार ७ सय ८७ को ३ नम्बर शाखा सीमा स्तम्भ राख्न बाँकी रहेको र जोर नम्बर सीमा स्तम्भ र त्यसका शाखा स्तम्भ भारतले नै बनाउनु पर्ने व्यवस्था रहेको बताए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नाममा रहेको करिब नौ सय बिगाहा जमिन भारतीय नागरिकहरूले उपभोग गर्दै आइरहेको भएता पनि नेपाल–भारत सीमा स्तम्भ बारेमा उनीहरू जानकार नभएर बसोबास गर्दै आइरहेकोले भारतको तर्फबाट सीमा स्तम्भ बनेपछि समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी सापकोटाले विश्वास व्यक्त गरेका छन् ।नेपाली पक्षले त्यहाँ कुनै पूर्वाधार विस्तार गर्न सकेको छैन । नेपालका उत्पन्न राजनैतिक सक्रमणको मौका छोपेर र त्यसयता नेपालमा देखिएको अस्थिरताकै कारण भारतीय पक्षले थप नेपाली जमिन कब्जा दावि गरिएको छ । यसै वर्ष थप ५० बिघा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रको नेपाली जमिन खनजोत गरिरहेको थाहा पाएपछि २ जना भारतीय नागरिकहरूलाई पक्राउ गरी निकुञ्जले मुद्दा चलाइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार साहको भनाइ छ । उनीहरूलाई पक्राउ गरेपछि थप नेपाली भूभाग अतिक्रमण गर्ने भारतीय पक्षको गतिविधि रोकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply