कञ्चनपुर, पुष २२ कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोकमा २२सटर निर्माणको विषयलाई लिएर आन्दोलनरत युवा विद्यार्थी र भीमदत्त नगरका जनप्रतिनिधीविच चर्काचर्की भएको छ।
सोमबार मेयर पदम बोगटीको कार्यकक्षमा पुगेका युवा, विद्यार्थी र जनप्रतिनिधीविच एक आपसमा चर्काचर्की भएको हो । २२ सटरको विषयमा सर्वदलिय पक्षीय बैठकमा भएको निर्णय माग गर्न र थप अतिक्रमण हटाउनुपर्ने माग अघि सारेर मेयरको कार्यकक्षमा पुगेका युवा, विद्यार्थी जनप्रतिनिधीविच चर्काचर्कीसंगै एक आपसमा आरोप प्रत्यारोप चल्यो ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका विद्यार्थी नेता तोय प्रशाद जोशी र भीनपा १का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)विच एक अर्कालाई धम्क्याएको होच्याएर बोलेको आरोप प्रत्यारोपमा उत्रिएका छन । समाजवादीका विद्यार्थी नेता तोय प्रशाद जोशीले आफुले जनप्रतिनिधीले स्थानीय सरकार ऐन ०७४को प्रयोग गरेर सबै समस्या समाधान हुने धारणा राखेका बेला १का वडाध्यक्ष आसेफ कुँवरले ए भाई त को होस जनप्रतिनिधीलाई सिकाउने भन्दै धक्की दिएको आरोप लगाएका छन ।
जनप्रतिनिधी भएर यसरी धम्की दिने की काम गर्ने भन्दै प्रशन गरेपछि थप आफुमाथि दुव्र्यवहार गरेको उनको आरोप छ । वडाध्यक्ष भुन्टु कुँवरले आफुले २२सटरको विषयमा उनीहरु मेयर पदम बोगटी र ३का वडाध्यक्ष गगन धामीविच छलफल हुँदा चुपचाप बताउँदै अन्तिममा त्यो भाईले जनप्रतिनिधीमाथि औल्या ठड्याएर जनप्रतिनिधी बिरुद्धमा अपशब्द प्रयोग गरेकाले यसरी औला ठड्याएर कुनैपनि जनप्रतिनिधीलाई धम्याउन नमिल्ने भनेको मात्रै बताए ।
‘उनीहरुविच पहिलेदेखि छलफल भएको थियो, म पनि पुगे, त्यहाँ मैले शुरुदेखि अन्तिमसम्म केही बोलेर अन्तिममा आएर त्यो भाईले जनप्रतिनिधीमाथि होच्याउने शब्दले औला ठड्याएर बोलेपछि ए भाई म पनि जनप्रतिनिधी हुँ, यसरी औला देखाएर धम्की दिन मिल्दैन भनेको हुँ, यसलाई धम्की भन्न मिल्छ र ।’ वडाध्यक्ष कुँवरले तर युवा विद्यार्थीको आन्दोलनको मुद्दामा मैले ईन्टरफेयर नगरेको बताए । भीमदत्त नगरपालिकालाई एकातिर २२सटरवालाहरुको बनाउने दवाव अर्कातिर युवा विद्यार्थीको नबनाउने दवावले मदन चोकका २२सटर निर्माण कार्य थप जटिल बन्दै गएको छ।

