शनि, जेष्ठ २३, २०८३

वाणिज्य संघद्वारा पत्रकार महासंघ कञ्चनपुरलाई सम्मान


कञ्चनपुर, पुष २२ कञ्चनपुर उद्योग वाणिज्य संघले नव निर्वाचित जिल्लाका नेपाल पत्रकार महासंघ शाखाका पदाधिकारी सदस्यलाई सम्मान गरेको छ ।

गत २८ मंसिरमा सम्पन्न भएको पत्रकार महासंघ कञ्चनपुरको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यहरुलाई सोमबार एक कार्यक्रमका विच सम्मान गरेको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकारको हकहितका साथै संस्थागत बृद्धि विकासका लागि आउने मेला महोत्सवबाट पत्रकार कल्याणकोष स्थापनार्थ सहयोगका लागि आग्रह गरेका छन ।

अध्यक्ष धामीले पत्रकारलाई प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारको राशी समेत बृद्धिका लागि अनुरोध गरेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले सम्मान कार्यक्रमको संचालन गर्दै जिल्लाको विकासका लागि पत्रकारको भूमिका हुने भन्दै सम्मान गरिएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जिल्लाको आर्थिक विकासका लागि पत्रकार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ समेत मुद्दा उठान गर्न आग्रह गरेका छन ।

अध्यक्ष जोशीले पत्रकार हकहित कल्याणकोष स्थापनाका लागि आउँदो मेलाको टिकेटबाट सहयोग गर्ने घोषणा गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply