कञ्चनपुर, पुष २२ कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा उद्योग वाणिज्य संघ, जनप्रतिनिधी र व्यवसायीविच छलफल भएको छ ।
सोमबार वाणिज्य संघमा २२सटरवाला व्यवसायी, वाणिज्य संघका पदाधिकारी र जनप्रतिनिधीविच छलफल भएको हो । व्यवसायी नारायण पन्तले आफुहरुको त्यही स्थानमा पुर्नस्थापना गर्नुपर्ने बताए ।
सडक,ढल र फुटपातबाट बाँचेको जमिनमा आफुहरुलाई पुर्नस्थापनाका लागि वाणिज्य संघले पहल गर्नुपर्ने बताए।
‘आज एडिबीका ईन्जिनियर ग्रिस चन्द सहितको भीमदत्त नगरपालिकाको प्राविधिक टोली आएर नापजाँच गरेको छ, ‘उनले भने, ‘हामीलाई पुग्ने उहाँले बताएका छन, अब पालिका र वाणिज्य संघले पहल गरिदिनुप¥यो ।
’ कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले विगतमा उक्त २२सटरवाला व्यवसायीहरुलाई हटाउनका लागि तत्तकालिन भीमदत्त नगरपालिकाले ४मिटर पछाडी खानेपानीको जमिन विस्तार गर्ने निर्णय कार्यान्वयन गरेरै पनि व्यवसायीको पुर्नस्थापना गर्नुपर्ने बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले व्यवसायीहरुमाथि पालिका सरकारले अन्याय गर्नन हुने तर्क राखेका छन । उनले निकास दिनुपर्ने, खानेपानीको जमिन विस्तारमा जोडदिएका छन ।
भीमदत्त नगरका प्रवक्ता पदम राज अवस्थीले व्यवसायीको माग अनुरुप पालिकाले खानेपानीको जमिन विस्तार गर्नका लागि पालिकाबाट निर्णय गरेर संघीय सरकारलाई पठाउने बताए ।
गत बर्ष सडक विस्तारका क्रममा व्यवसायीहरुलाई पुर्नस्थापना गर्ने सर्तमा हटाएको थियो ।

