कञ्चनपुर, पुष २२सहकारी ठगिमा हाम्रा पाटीका नेता र हामीहरु चोखा छौँ, भन्दै संसददेखि सडकमा उफ्रिने राप्रपाकै एक केन्द्रीय नेता सहकारी ठगिमा देखिएका छन । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् ।
राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।
यो सहकारीले बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।यता प्रहरीले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका ४२ वर्षीय पुष्पराज भने सार्वजनिक रूपमा मिडियामा अन्तर्वार्ता दिँदै हिडेका छन् ।
उनी यसअघि पनि ठगीको आरोपमा पक्राउ परेका थिए । अब राप्रपामा यस्ता नेताहरुलाई कार्बाही गर्छकी संरक्षण त्यो जनताले हेरेका छन ।

