शनि, जेष्ठ २३, २०८३

विधायन तथा प्रदेश मामिला समितिद्धारा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।।


माधब पौडेल कञ्चनपुर,२१ पौष।कन्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा सुदूपश्चिम  विधायन प्रदेश मामिला तथा समिति द्वारा सुदूपश्चिम प्रदेश भरिका ४० वटा स्थानीय तह पालिका प्रमुख, गाउँपालिका अध्यक्ष लगायत  जिल्ला समन्वय समितिका प्रमुखहरुको उपस्थितिमा आईतबार सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापति प्रदेश मामिला तथा विधायन समितिका अध्यक्ष दिवान सिंह बिष्ट, प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सभामुख भीम बहादुर भण्डारी लगायत प्रदेश मामिला तथा विधायन समितिका सदस्य लगायत स्थानीय तहका प्रमुख, उप प्रमुखको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी स्थानिय तहका प्रमुख,उपप्रमुखहरुले प्रदेश मामिला तथा विधायन समिति विधेयकमा समावेश गर्नुपर्ने आवश्यक राय सहितको सुझाबहरु राखेका थिए। कार्यक्रममा बोल्दै  प्रदेश मामिला तथा विधायन समितिका सभापति दिवान सिंह बिष्टले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त भएका सुझाब विधायन समितिमा बृहत छलफल गरी माघ १५ गते भित्र स्थानिय सेवा ऐन प्रदेश सभामा पेश गर्ने बताउँदै कर्मचारीहरूको मूल्य र योगदानलाई उच्च मापदण्डमा राख्दै प्रदेशको नीति निर्माणको आवश्यक ड्राफ्ट तयार भएको बताउनुभयो।कानुन निर्माणका लागि प्रदेश मामिला तथा विधायन समितिद्धारा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्थानीय तहबाट सुझाव संकलन गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply