शनि, जेष्ठ २३, २०८३

सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख दमाईले दिए राजिनामा


कञ्चनपुर, २१ पुष सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. गजराम दमाईले पदबाट राजिनामा दिएका छन । आइतबार सिद्धनाथ क्याम्पस प्रमुख दमाईले पदबाट राजिनामा दिएका हुन ।

क्याम्पस प्रमुख दमाईले त्रिवि उपकुलपतिलाई सम्बोधन गर्दै राजिनामा दिएका छन । २६ चैत्र ०७८सालदेखि चार बर्षका लागि क्याम्पस प्रमुखको जिम्मेबारी पाएका दमाईले समयावधि नपुग्दै राजिनामा दिएका हुन ।

३३ महिना झण्डै तीन बर्षजति क्याम्पस प्रमुखको जिम्मेबारी निर्वाह गरेका उनले क्याम्पसमा काम गर्ने वातावरण नभएको भन्दै राजिनामा दिएको बताए ।

‘क्याम्पस प्रमुखको जिम्मेबारीमा हुँदा मलाई विद्यार्थी, सहकर्मीदेखि कर्मचारी सबै पक्षबाट सहयोग आएन, ‘उनले भने, ‘पदमा बसिरहनुपर्ने औचित्य देखिन, त्यही भएर राजिनामा दिएको हुँ ।

’ आफुलाई विभिन्न कामका लागि धम्की आउने भन्दै राजिनामा दिएको उनले बताए । तर, विद्यार्थी, सहकर्मी शिक्षक, कर्मचारीले काम गर्न नसक्ने अरुमाथी सहयोगको आरोप लगाउने काम मित्था भएको जनाएका छन ।

सम्बन्धित समाचार

Leave a Reply