शनि, जेष्ठ २३, २०८३

आइएमई लाइफकी मञ्जु जोशी एमडीआरटी बन्न सफल


झलारी । कञ्चनपुर जिल्लाको झलारी शाखा आइएमई लाइफ इनस्योरेन्स कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजर मञ्जु कुमारी जोशी सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् । 

 मञ्जु यही २०८१ बाट आइएमई लाइफमा प्रवेश गरेकी हुन् । आइएमई लाइफमा काम सुरु गरेको दुई तीन  महिनामा मै उनले एमडीआरटीको लक्ष्य हासिल गरेकी हुन् । र २०२५ को लागि एमडीआरटीमा छनोट भएकी हुन् ।

मञ्जुले आर्थिक बर्ष २०८०/०८१ मा कम्पनीले तोकेको लक्ष्य पूरा गरेकी छन् । उनले कम्पनीले दिने हरेक टार्गेट पूरा गर्ने गरेको बताइन् । कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न म तत्पर हुन्छु, उनले भनिन, ‘महाभारतमा अर्जुनले माछाको आँखा ताके झैं मैले पनि एमडीआरटी बन्ने  टारगेट राखेकी थिए र त्यही अनुसारले सफल पनि भएकी छु ।’

आइएमई लाइफमा उनले राम्रो कार्य प्रदर्शन गर्दै आइरहेकी छन् । शुक्लाफाँटा नगरपालिका वडा नं ९ मा जन्मिएकी मञ्जुले शिक्षक पेसा सँगै आइएमई लाइफ इन्स्योरेन्सको झलारी शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् । छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकी मञ्जु  सफल बीमा अभिकर्ताको रुपमा पनि  परिचित छिन् ।

सम्बन्धित समाचार

Leave a Reply