कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा माघी विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । लिटिल ग्रिन पार्कले तीन दिनसम्म माघी विशेष दोस्रो संस्करणको महोत्सव आयोजना हुने लागेको हो ।
महोत्सव आगामी माघ १ देखि ३ गतेसम्म सञ्चालन हुने लिटिल ग्रिन पार्कका सञ्चालक ललित गिरीले जानकारी दिए ।उनले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागीता रहेको बताए ।
पहिलो संस्करणको कार्यक्रम पश्चात् प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै कार्यक्रमलाई अझ व्यवस्थित बनाउन प्रयास गरिएको सांस्कृतिक संयोजक चेत बहादुर शाहले जानकारी दिनुभएको छ ।
महोत्सवलाई अझ उत्कृष्ट बनाउन जनसमुदायबाट अझ प्रभावकारी सुझावको अपेक्षा गरिएको छ ।

