शनि, जेष्ठ २३, २०८३

मन्त्रीपत्नी थापाद्वारा दुर्गा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा


माधव पौडेल, कञ्चनपुर,१८ पुस सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाकी धर्मपत्नी मनसरा थापाले  कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ मा रहेको दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु भएको छ ।

नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष नमराज शाहीको पहलमा बिहीबार एक विशेष कार्यक्रमका बीच  मन्त्रीपत्नी थापाले उक्त विद्यालयका १७३ जना विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गर्नु भएको हो ।

जाडो याममा विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले न्यानो कपडा (स्विटर) वितरण गरिएको थापाको भनाइ छ ।त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र शाहीले विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त कार्यकाे प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।

साथै, विद्यालयको थप विकासका लागि मन्त्रीपत्नी थापा मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्रसमेत पठाइएको छ । उक्त कार्यक्रमले विद्यालयका विद्यार्थी र शिक्षकहरूमा उत्साह र प्रेरणा थपेको  विद्यालयका प्रधानाध्यापक दानबहादुर रावतको भनाइ छ ।

जाडो मौसममा विद्यार्थीहरूको कक्षाकोठामा उपस्थिति सुनिश्चित गर्न र उनीहरूको सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले गरिएको उक्त कदम प्रशंसनीय र  प्रेरणादायी रहेको नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाहीको धारणा छ । कार्यक्रमको सहजीकरण सोही विद्यालयका शिक्षक लक्ष्मीप्रसाद पाण्डेयले गर्नुभएको थियो।

सम्बन्धित समाचार

Leave a Reply