कञ्चनपुर, पुष १८ लागु औषध(खैरो हिरोईन) सहित कञ्चनपुरका तीन युवक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विभिन्न स्थानबाट तीन युवक लागु औषध सहित पक्राउ परेको बताए ।
प्रवक्ता जोशीका अनुसार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबबाट गणेश बुढाको साथबाट ०.६९ग्राम खौरो हिरोईन, कृष्णपुर नपा ५ गुलरियाका गणेश बहादुर खडका, चेतराज भण्डारीको साथबाट ६.४२ग्राम लागु औषध बरामद गरिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

