शनि, जेष्ठ २३, २०८३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुस २५ गते देखि २७ गते सम्म खर-खडाई सुरु हुने


कञ्चनपुर पुस १७। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पुस २५ गते देखि २७ गते सम्म खर खडाई सुरु गर्ने भएको छ । पहिलो चरणमा पुष २२ गते देखि २४ गते सम्म निकुञ्जले पुर्जी वितरण गर्ने र पुष २५ गते देखि २७ गते सम्म खर खडाई काट्न पाइने बागेश्वरी उपभोक्ता समितिले जनाएको छ ।

बागेश्वरी उपभोक्ता समितिका अनुसार बेलडाँडी क्षेत्रका मानिसहरुका लागि निकुञ्ज भित्र प्रवेश (घाटहरु) बेलडाडी पोष्ट, मोहनपुर घाट, चाकर घाट, मसान घाट, सिचाई घर नजिकको घाट, कालिका मन्दिर नजिकको घाट, र राधापुर घाट क्षेत्रबाट आवत, जावत गरिने ब्यहोरा जानकारी गराएको छ ।

तिन दिनका लागी आरक्षले रु. ५० को पुर्जी लिई खर खडाई गर्न दिने छ् । खर खडाईका क्रममा वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाले सुरक्षा चेकजाँच गर्ने छ् । निकुञ्जको नियम विपरीत कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ् । निकुञ्जको सरसफाई र न्यून आय भएका गरिव जनताहरुलाई खडले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ् ।

सम्बन्धित समाचार

Leave a Reply