शनि, जेष्ठ २३, २०८३

लालझाडी गाउँपालीका-०४ मा राप्रपाकाे सम्पर्क कार्यालय उद्घाटन


धन सिंह धामी कञ्चनपुर १६ पाैष ।कञ्चनपुरको लालझाडी गाउँपालीका-०४ मा राप्रपाकाे सम्पर्क कार्यालय उद्घाटन तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ । 

मंगलबार लालझाडी गाउँपालीका-०४ मा राप्रपा वडा सम्पर्क कार्यालय सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जाेशिकाे प्रमुख आथित्यमा उद्घाटन भएको हाे।

उक्त आयोजित कार्यक्रममा लालझाडि-०४ का राप्रपा वडा अध्यक्ष नन्दलाल ऐरकाे अध्यक्षतामा सुप अध्यक्ष जाेशीकाे प्रमुख आतिथ्यमा बरिष्ठ अतिथि केन्द्रीय बरिष्ठ सल्लाहकार दशरथ जाेशी लगायत प्रदेश सदस्य, जिल्ला सदस्य,नगर,वडा र पार्टी शुभेच्छुकहरुकाे सहभागिता रहेकाे थियाे।

 केन्द्रकाे निति निर्देशन अनुरुप कञ्चनपुर जिल्लाकाे नगर/गाउँ पालिकाहरुमा कमिटी अधिबेशनलाई लच्छित गर्दै सम्पुर्ण सदस्य तथा शुभेच्छुकहरुलाई एक ढिक्का भएर  राप्रपालाई बलियो संगठनकाे रुपमा अघि बढाउनु पर्ने कुरामा जाेड दिदै वडा/गाउँ कमिटी अधिवेशनलाई निरन्तरता दिदै माघ महिना भित्र टुङ्ग्याउने सुदूरपश्चिम प्रदेश अध्यक्ष जाेशीले बताएका थिए।

सम्बन्धित समाचार

Leave a Reply