शनि, जेष्ठ २३, २०८३

हुनैनाथ मन्दिर संरक्षणको प्रथम साधारण सभा


खडक रावल, कञ्चनपुर। हुनैनाथ मन्दिर संरक्षण तथा जनसेवा समाज नेपाल दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् ।

कञ्चनपुरको दोधारा चाँदनी वडा न.-२ मा रहेको हुनैनाथ मन्दिर संरक्षण तथा जनसेवा समाज नेपालको प्रथम वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको संस्थाका अध्यक्ष धन सिंह साउदले जानकारी दिनुभएको छ् । संस्थाका ९७ आजिवन सदस्यहरुलाइ आजिवन सदस्यताको प्रमाण-पत्र बितरण गरिएको थियो ।

सस्थालाइ जमिन उपलब्ध गराउने भुमिदाता, सस्थाको स्थापना गर्ने मुल अविभावक र विभिन्न धार्मिक यज्ञ महायज्ञहरुमा पवित्र र निस्ठावान भइ योगदान गर्नु भएका मरणोपरान्त गरि ३ जनालाइ सम्मान पत्र बितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष धन सिंह साउदको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि दोधारा चादनी नगरपालिका पसु बिकास अधिकृत कृष्ण सिंह साउद रहनुभएको थियो भने बिशिस्ट अतिथिमा कृष्ण समाज बिकास नेपालका अध्यक्ष भुवन बिहारी पन्त र मस्यौदा समितिका संयोजन लक्ष्मण सिंह साउद रहनु भएको थियो ।

उक्त कार्यक्रम संचालन कार्यसमिति सदस्य बाशुदेव बिस्टले गर्नु भएको थियो ।सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सचिव राजेन्द्र सिंह साउदले प्रस्तुत गर्नुभएको थियो। राजेन्द्र सिंह साउदको अध्यक्षता हुनैनाथ मन्दिर संरक्षण तथा जनसेवा समाज नेपालको१३ जना कार्यसमिति चयन गरियो ।

सम्बन्धित समाचार

Leave a Reply