शुक्र, जेष्ठ २२, २०८३

गिरीबन्धु टिस्टेट सहितका ठुला भ्रष्टाचारका फाईल खुल्छन ः प्रचण्ड


कञ्चनपुर, पुष १४नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गिरीबन्धु टिस्टेट सहितका ठुलठुला भ्रष्टाचार काण्डका फाईल खोल्ने बताउनुभएको छ ।

शनिबार कञ्चनपुरको पुनर्वासमा नेकपा माओवादीले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले गिरीबन्धु टिस्टेट सहितका ठुलठुला भ्रष्टाचार काण्डका फाईल खोल्ने बताउनुभएको हो ।

माओवादीले सरकारले नेतृत्व पाए गिरीबन्धु सहित ओम्नी, यती सहितका ठुलठुला काण्डका फाईल खोलेर भ्रष्टाचार लखेट्ने चेतावनी दिएका छन । देश विकासको बाधक भ्रष्टाचार भएकाले माओवादीले जनताको मुक्तीका लागि सुशासन कायम गर्न ठुलठुला भ्रष्टाचार काण्डको पर्दापास गरि छाड्ने घोषणा गरेका छन ।

प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाले देशभर माओवादीप्रति जनलहर बढेको बताए । प्रचण्डले आगामी ०८४को निर्वाचनमा माओवादी १नम्बर पाटी बन्ने समेत विश्वास व्यक्त गरेका छन । प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार बिरुद्धमा गतिबिधी अघि बढाएपछि अत्तालिएर सरकार ढलाउने केन्द्रीत रहेको बताएका छन ।

‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचार बिरुद्धको अभियान संचालन गरेको थियो, ‘उनले भने, ‘दलका ठुला नेता एव ठुला कर्मचारी परेपछि सरकार ढालियो ।’ माओवादीले अघि सारेको सुशासनको अभियान संचालन गरेको देखाएर विचौलिया अत्तालिएको बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुले चिन, भारतमा भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै उनले नेपाल भारत र चिनसंग विद्युत ब्यापार सम्झौता ऐतिहासिक भएको बताए ।

आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीसंग कञ्चनपुर सहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्या बारे स्पष्ट कुरा राखेको बताए । प्रचण्डले आफुले तीन पटक सरकारको नेतृत्व गर्दा सुप प्रदेशमा गौरबका आयोजना संचालन गरेको बताए ।

उनले दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुप विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फापला मैदान निर्माण सहितका योजना अघि बढेको बताए । प्रचण्डले माओवादी केन्द्रले सरकारको नेतृत्व लिर थप भ्रष्टाचार बिरुद्धमा अभियान छेडने बताए ।

सम्बन्धित समाचार

Leave a Reply