शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडी साना किसान सहकारीको अध्यक्षमा पुन जोशी


कञ्चनपुर ।बेलडाँडी महिला साना किसान सहकारी संस्थाको अध्यक्षमा पुन कमला जोशी चयन भएकी छिन।

शनिबार सम्पन्न भएको ८औँ बार्षिक साधारण सभाबाट बेलडाँडी महिला साना किसान सहकारी संस्थाको अध्यक्षमा जोशी चयन भएकी हुन ।

उपाध्यक्ष महेश्वरी उपाध्याय, सदस्य हेलन ठगुन्ना(साउद), भागेश्वरी चौधरी, तारा जोशी, कालिका देवी रोकाया, बसन्ती कुमारी राना, सिता कार्की(गुरुङ्ग), रेवती कुमारी तिवारी बागमती धामी(विष्ट), राजमती राना चयन भएका छन । लेखा समिति संयोजक तर्फ कुमारी सत्या रोकाया, सदस्य देवकी जोशी, उषा राना चयन भएका छन ।

बेलडाँडी महिला साना किसान सहकारी संस्थाको अध्यक्षमा पुन कमला जोशी चयन भएकी संयोजक कमला जोशीले सहकारी मार्फत महिलाको आर्थिक उत्थानका कार्यक्रम अघि बढाउने बताईन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाले सहकारी मार्फत बेलडाँडीका महिला किसानको आर्थिक उन्नतीमा जोडदिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply