कञ्चनपुर , पुष १४ नेपाल कम्युनिष्ट पाटीले पुर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ शुरुवात गरेको राष्ट्रिय मुक्ति मोर्चाको अभियान भीमदत्त नगरपालिका १८ सालघारी सुकुमबासी बस्तीमा पुगेको छ । नेकपाका केन्द्रीय नेता विल्पले शनिबार सालघारी सुकुमबासी बस्तीमा अभियान पुगेको बताए । विकल्पका अनुसार सुकुमबासीका समस्या बारे छलफलदेखि कोण सभा गरिएको बताएका छन । कोण सभा सम्बोधन गर्दै नेकपाका केन्द्रीय संयोजक एव अभियान पश्चिम कमाण्डर बसन्त बोगटीले सुकुमबासी नागरिको व्यवस्थापनका लागि पाटीले पहल गर्ने बताए । अभियान थप कञ्चनपुरमा गर्दै पुर्वतिर जाने जनाएको छ ।

