महेन्द्रनगर – कञ्चनपुरमा गाेली लागेर एक प्रहरी जवान घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत अन्दाजी ३० बर्षिया प्रहरी जवान चक्र प्रसाद न्यापानेलाई प्रहरी कार्यालय भित्र हतियार कक्ष (काेतघरमा) पेस्ताेलकाे गाेली लागि घाईते भएका हुन् ।
शुक्रबार बेलुका उनकाे निधारमा गाेली लागेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक उमेश जाेशीले जनाएका छन् ।
उनले भने “प्रहरी जवान हतियार कक्षमै ड्युटि गर्दै आएका थिए, एक्कासि शुक्रबार बेलुका गाेली पटकेकाे आवाज आए पश्चात् घटनाबारे थाहा भएकाे र घटनास्थलमा पुग्दा उनकाे निधारमा गाेली लागेर २ वटा प्वाल परेकाे अवस्थामा फेला परेकाे बताए ।”
घटना भएलगतै उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगी उपचार पश्चात् थप उपचारका लागि धनगढी रेफर गरिएकाे प्रहरी नायव उपरिक्षक जाेशीले बताए ।
प्रहरी जोशीले भने, ‘यो घटना किन के कारणले गोली चलाएको हो, यस बारेमा अहिले कारण खुलेको छैन, यस घटना बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।’

