धन सिंह धामी, १२ पाैष ।
कञ्चनपुरका एक होटल व्यवसायीले छोराको जन्मदिनको अवसरमा रौटेला बृद्धआश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई फलफुल वितरण गरेका छन । होटल व्यवसायी नर बहादुर विष्टले छोरा प्रकाश विष्टको जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई फलफुल वितरण गरेका हुन ।
महेन्द्रनगरको लक्ष्मी होटलका संचालक एव बेदकोट नपा ६ सिसैयाका स्थानीय समेत रहेका विष्टले अस्ट्रेलियामा रहेका छोरा प्रकाशको जन्मदिनमा घरबाट बेसाहरा भएका बैजनाथ धाम तथा बृद्धआश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई फलफुल मिठाई वितरण गरेका छन । विष्टले समाजिक सेवा छोराको खुसियालीमा जेष्ठ नागरिकलाई फलफुल मिठाई वितरण गरेको बताए । विष्टका छोरा प्रकास अध्ययन तथा रोजगारीको सिलसिलामा केही बर्षदेखि अस्ट्रेलियामा छन ।

