शुक्र, जेष्ठ २२, २०८३

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट जेल चलान


कञ्चनपुर, १२ पुष श्रीमती कुटपिट प्रकरणमा सुदूरपश्चिम विश्वविद्यालयका एक प्राध्यापक जेल(कारागार) चलान भएका छन ।

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट कारागार चलान भएका हुन । १५ मसिर ०८१ मा उपप्राध्यापक भट्टले महेन्दनगर माविमा कार्यरत शिक्षिका जयन्ती भट्टमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाईते शिक्षिका जयन्तीको महाकाली अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उपचार गराएका थिए । कुटपिट प्रकरणमा माईती पक्षले उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए ।

बिहीबार कञ्चनपुर जिल्ला अदालतको थुनछेक बहसबाट उपप्राध्यापक भट्टलाई पुरपक्षका लागि जेल चलान गरिएको अदालतले जनाएको छ । न्यायाधिश राजेन्द्र भण्डारीको इजलासले भट्टलाई पुरपक्षका लागि जेल चलान गरिएको जनाएको हो ।

झण्डै तीन साता प्रहरी हिरासतमा रहेका उपप्राध्यापक भट्ट बिरुद्धमा प्रहरीले सरकारी वकील कार्यालयमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लगेसंगै थुनेछेक बहसबाट ट्टलाई पुरपक्षका लागि जेल चलान गरेको छ ।

उपप्राध्यापक भट्टका माईती पक्षले ज्यानै लिने गरेर मरणाशन्न हुने गरेर कुटपिट गरेको बताईरहेका बेला भट्ट पक्षले भने समान्य घरसायी विवादले ठुलो रुप लिएको बताईरहेका छन ।

सुपवि केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक भट्टसुपविका विगतमा प्रहरी हिरासत अहिले कारागार चलान भएपछि विद्यार्थीमा मारमा परेका छन । उक्त घटनाको शिक्षा लगायतका शिक्षाका सरोकारवालाले बिरोध गर्दै आएका छन ।

सम्बन्धित समाचार

Leave a Reply