शुक्र, जेष्ठ २२, २०८३

जिल्ला फुटबल संघ र साथी संस्थाको संयुक्त आयोजनामा मैत्रीपुर्ण पुरुष तथा महिला फुटवल प्रतियोगिता


बिकाश सिंह महता महेन्द्रनगर

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं.-१० मा मैत्रीपुर्ण पुरुष तथा महिला फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ।कञ्चनपुर जिल्ला फुटबल संघ र साथी संस्थाको संयुक्त आयोजनामा र लालझाडी युवा क्लब-११ को व्यवस्थापनमा पौष १३ गते शनिवारका दिन दिउँसो १२ बजे लालझाडी-११ को खेलमैदान पुनर्वास -१० मा एक दिने मैत्रीपुर्ण पुरुष तथा महिला फुटवल प्रतियोगिताको आयोजना हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताए।लाझझाडी युवा क्लब -११ को व्यवस्थापन कञ्चनपुर रातो र कञ्चनपुर निलो दुई टिम बीच मैत्रीपुर्ण खेलको आयोजना हुन लागेको हो। जसमा महिला र पुरुषको अलग अलग टिम रहने छन्।

सम्बन्धित समाचार

Leave a Reply