शुक्र, जेष्ठ २२, २०८३

सरकार भ्रष्टाचारमा लिप्त भएपछि माओवादी पुनर्वासमा खबरदारी सभा


लाल बहादुर एसके, कञ्चनपुर ।सरकार भ्रंष्टाचारमा लिप्त भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० जिल्ला समन्वय समितिद्वारा आयोजना हुने सरकारको व्यथिति र भ्रष्टाचारका विरुद्धको खबरदारी सभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सहभागी हुँदै हुनुहुन्छ। सभाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले पुष १३ गते पुनर्वास नगरपालिकाको टाउन बजारस्थित खुलामञ्चमा हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने जानकारी दिनुभयो।उक्त सभाको मुख्य उद्देश्य सरकारमा व्याप्त भ्रष्टाचार, अराजकता, र जनविरोधी नीतिहरूप्रति जनमत तयार गर्नु रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले माओवादी केन्द्रले सदैव जनताको पक्षमा आवाज उठाउँदै आएको र यस सभामार्फत सरकारलाई सचेत गराउने बताउनुभयो।सभामा प्रचण्डले भ्रष्टाचारविरुद्ध माओवादी केन्द्रको धारणा स्पष्ट पार्दै समावेशी र उत्तरदायी शासन प्रणालीको मागलाई अघि सार्नुहुनेछ। कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहने अपेक्षा गरिएको छ। माओवादी केन्द्रले यस सभालाई सशक्त जनआन्दोलनको सुरुआतको रूपमा लिने बताएको छ।यसअघि, स्थानीय स्तरमा विभिन्न कार्यक्रम गर्दै सभाको तयारीलाई तीव्र बनाइएको छ। माओवादी केन्द्रको यो पहलले सरकारविरुद्ध जनदबाब सिर्जना गर्न र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply