बिहि, जेष्ठ २१, २०८३

सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा पाँचौँ पटक नायक


कञ्चनपुर, १० पुष कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित सिद्धनाथ मन्दिरको अध्यक्षमा पाँचौँ पटक नायक निर्वाचित भएका हुन ।

१७औँ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचन मत परिमाण अनुसार नायकले आफ्ना निकटकतम प्रतिद्वन्द्व बीर बहादुर खडकालाई १२०मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक पनि निर्वाचित भएका थिए ।

अहिले चौथो पटक ०८१मा पनि अध्यक्षमा ठुलो मतान्तरले निर्वाचित भएका हुन । उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका छन ।

कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन । पालले आफ्ना निकटतम प्रतिस्पर्धी किशन नाथलाई १४४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । पालले ४२९ र नाथले २८५मत ल्याएका छन । सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन । महताले ३४७, योगीले २४८ र अर्का प्रतिस्पर्धी मोतिसिह बुढाले १२८मत ल्याएका छन ।

सह सचिवमा राधा महता भाट निर्वाचित भएकी छिन । राधाले करन सिह कार्कीलाई १९९मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । राधाले ४४६ र करनले २४७मत ल्याएका हुन । सदस्यहरु तर्फ ईन्द्र सिह धामी ४८२, उमा भण्डारी ४०७, दल बहादुर रोक्का मगर ४५७, निर्मला जोशी(पाल) ४८४, प्रेम सिह नायक ३६ र शंकर विष्टले ४६७ मत ल्याएका छन । कुल ९सय २८ मतदाता मध्ये ७६६मत खसेका थिए ।

स्थानीय समाजसेवी एव नेपाली काँग्रेस नेता समेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको बृद्धि विकासको योजना अघि सारेका छन । उनले आफुले आफुले विगतदेखि मन्दिरको बृद्धि विकास एव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र अहिले पनि गर्ने बताएका छन ।

‘पूर्णागिरी मेला थप व्यवस्थित पार्छु, ‘उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक,समाजिक गतिबिधी अघि बढाउँछु ।

’ भारत उत्तराखण्ड पूर्णागिरी मन्दिरमा लाग्ने मेलाका दर्शनार्थी नेपाल सुप प्रदेश कञ्चनपुरको ब्रम्हदेब र महेन्द्रनगर सिद्धनाथ मन्दिरमा पनि दर्शन गर्न आउने धार्मिक मान्यता अनुरुप दर्शनार्थीको यात्रा थप सहज सुलभ सुविधायुक्त बनाउने अध्यक्ष नायकको योजना छ । पाँचौँ पटक मन्दिर समितिको नेतृत्वमा पुगेपछि उनीलाई बधाईको ओईरोसंगै अपेक्षा समेत गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply