बिहि, जेष्ठ २१, २०८३

चार लाख बढिको तस्करीको समान बरामद


कञ्चनपुर, पुष ९ कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँका समान बरामद गरेको छ ।

भारतबाट तस्करी हुन लागेको अवस्थामा भीमदत्त र बेलौरी नगरपालिका क्षेत्रबाट चार लाख बढीको अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले ईप्रका बेलौरीको टोलीले ३लाख, ३ हजार ९४० र ईप्रका गड्डाचौकीले १लाख ३ हजार २सय रुपैया गरेर झण्डै ४लाख, ७ हजार,१४०रुपैया बराबरको तस्करीको समान बरामद गरेको छ ।

भारतबाट तस्करी गरेर अर्थात भन्सार छलेर ल्याएका समान बरामद गरेर प्रहरीले भन्सार बुझाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply