खडक रावल कञ्चनपुर, ९कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा रहेको सृजना बहुउदेश्यीय सहकारी संस्था सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी भन्दै सम्मान गरिएको छ ।
नेफ्सकुनले दोधाराचाँदनी नगरपालिकामा रहेको सृजना बहुउदेश्यीय सहकारी संस्था सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी भन्दै सम्मान गरिएको हो । पुष पहिलो साता बुटबलमा सम्पन्न भएको नेफ्सकुनको ३३औँ बार्षिक साधारण सभमा प्रमाण पत्रका साथै सृजना सहकारीलाई सम्मान गरिएको जनाएको छ ।
सहकारीका अनुसार चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा २करोड, ६४लाख, ५० हजार ९सय शेयरपुँजी रहेको छ ।

