शित्तल भट्ट कञ्चनपुर, ८ पुष आजदेखि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला संचालन हुन लागेको छ ।

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ हुन लागेको हो ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मुल नारा अघि सारेर तेस्रो संस्करमा मेला संचालन गर्न लागेको जनाएको छ । आज सोमबारदेखि बेलौरी नगरपालिका ४ बेलौरीको खुला मञ्चमा व्यापार मेला हुने आयोजकले जनाएको छ । वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह आयोजनामा औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्टले स्टल, स्टेज सहितका सम्पूर्ण तयारी पुरा भएको बताए । अध्यक्ष विष्टले बिहान ११बजेतिर बजारमा ¥याली सहित दिउँसोतिर औपचारिक उद्घाटन हुने बताए । अध्यक्ष विष्टले स्थानीय सरकार बेलौरी नगरपालिका प्रमुुख पोतिलाल चौधरीको प्रमुख आथित्यमा उद्घाटन हुने बताए । ‘हामीले यस पटकको मेला स्थानीय सरकार प्रमुख पोतिलाल चौधरी ज्यूकै प्रमुख आथित्यमा उद्घाटन गर्न लागेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘यस बर्ष हामीले मेलालाई थप पुरस्कृत बनाउन खोजेका छौँ ।’ यस अघि दुई संस्कर मेला लगाईसकेको वाणिज्य सघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ ।
बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको आयोजकको दावि छ । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला संचालन गर्न लागिएको बताए ।
महोत्सव सञ्चालनका लागि करिब २९ लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने बताउँदै महोत्सवमा सय हराहारी वटा स्टल राखिनेछ ।अध्यक्ष विष्टका अनुसार स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनीमा राखिने छन ।
महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईनेछ । स्थानीय व्यापारीहरूलाई स्थल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायको सहयोग प्रमुख आयका स्रोत हुनेछन् ।
जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।स्थानीय एव राष्ट्रिय कालाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन ।
१७ पुषसम्म महोत्सव संचालन हुनेछ । महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि १ सय रुपैँया, विद्यार्थी सहुलियत लागि ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि प्रवेश निःशुल्क गरिएको छ । १०दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवद्र्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ ।

