शनि, जेष्ठ २३, २०८३

अमेरिकाको पिआर छ, भन्दै झुक्याएर दोस्रो विवाह गर्ने डडेल्धुराका माली पक्राउ


कञ्चनपुर, ७ पुष आफुलाई अमेरिकाको पिआरवाला बताएर दोस्रो विवाह गर्ने डडेल्धुराका एक युवक फन्दामा परेका छन । समाजिक सञ्जाल मार्फत कञ्चनपुरकी युवतीसग प्रेम गरेका भागेश्वर गाँउपालिका ४ डडेल्धुराका ३२ बर्षिया विष्णू प्रशाद माली फन्दामा परेका हुन ।

मालीले बेदकोट नगरकी एक ३० बर्षिया युवतीसंग फेसबुकमार्फत प्रेम गरेर युवतीको घरसम्मै पुगेर दोस्रो विवाह गरेका माली अहिले प्रहरी हिरासतमा पुगेका छन । आफु अमेरिकाको पिआर सहित ईन्जिनियर पनि भएको बताएर नक्कली बाबु खडा गरेर महेन्द्रनगरको होटल चेतनमा तामझामका साथ विवाह गरेको दोस्रो दिनमै नक्कली विवाह गरेको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले २३ मंसिरमा विवाह गरेका मालीलाई २५ मंसिरमा डडेल्धुरा जानेक्रममै बुडरबाटै पक्राउ गरिएको बताए ।

‘मालीले झुक्याएर विवाह गरेको माईती पक्षले थाहा पाएर उनीहरु आफैले बुडरबाट नियन्त्रणमा लिएर हामीलाई बुझाएका हुन, ‘प्रवक्ता जोशीले भने, ‘माली बिरुद्धमा बहुविवाह अन्र्तरगत मुद्दा दायर गरिएको छ ।’ मालीले आफ्नो विवाहका लागि नक्कली बाबु खडा गरेका व्यक्तिलाई पनि प्रहरीले खोजबिन गरिरहेको प्रवक्ता जोशीले बताए ।

सहचालक रहेका मालीले आफु ईन्जिनिर भई अमेरिकन पिआरवाला भएको भन्दै केही महिनादेखि समाजिक सञ्जाल फेसबुक मार्फत युवतीसंग प्रेम सम्बन्धलाई नक्कली बाबु खडा गरेर विवाह गरेपछि सबै अचम्मित भएका छन । विदामा आएकाले विवाह गरे लगत्तै उत्तै अमेरिका लैजाने भन्दै हतारहतारमा विवाह गरेका थिए ।

डडेल्धुराका मालीले कञ्चनपुरमा दोस्रो विवाह गरेको भिडियो फोटो समाजिक सञ्जाल फेसबुक, टिकटकमा बधाईमा लागि राखेपछि मालीकै श्रीमतीले थाहा पाएपछि उनले दोस्रो विवाह मात्रै नभई नक्कली, छलेर विवाह गरेको माईती पक्षले थाहा पाएका थिए ।

माईती पक्षले छोरीको विवाह नक्कली भएको थाहा पाएपछि कानुनी प्रकृयामा गएको पाईन्छ । माली बिरुद्धमा बहुविवाह अन्र्तरगत मुद्दा दायर गरिएको छ । धामीलाई आफ्नो सालो बताउने बेदकोट नगर २का जनक धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धामीमाथि पनि अनुसन्धान अघि बढाएको छ । तर, धामीका घर परिवारले भने, धामीको पनि माईती पक्ष माली भएकाले आफ्ना पनि माईती माली भएको बताएकै आधारमा पक्राउ गरेको बताईरहेका छन । यसरी अमेरिका विदेशको मोह देखाएर विवाह गर्दा ह्वातै छोरी दिईहाल्ने उत्साहले युवतीको घरमा सकट उत्पन्न गराएको छ ।

यसरी कुनै उमेर पुगेका पुरुष विवाहका लागि युवतीको घरमा हात माग्न आउने वित्तिकै अमेरिन पिआरवाला भन्दै लोभ्याएर नबुझेरै हात दिने नेपाली समाजको विदेशमोह प्रवृतिले आफैलाई समस्यामा पार्दै आएका थुप्रै घटना भएकाले समाजिक वैवाहिक बन्धनका लागि सुझबुझ आवश्यक रहेको समाजका अगुवाहरुको सुझाव छ । स्वदेशमै गरिखाने केटालाई छोरी दिने संस्कार विकास गराउनुपर्ने नागरिक समाजको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply