बिहि, जेष्ठ २१, २०८३

पुनर्बासमा पपुलर स्कुल को आयोजना मा नि :शुल्क आँखा शिबिर सम्पन्न


दीर्घ राज ओझा ,पुनर्बास पौष  ०७। कञ्चनपुरको दक्षिण भेग पुनर्बास नगरपालिका वार्ड नम्बर ११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुल  पुनर्वासमा निशुल्क आखा शिविर समपन्न भएको छ ।

शनिबार  पुनर्बास नगरपालिका–११, स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजना तथा लायन्स क्लब अफ  धनगढि सिटि एबम नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल को  प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क आखा शिविर सम्म्पन्न भएको हो ।

बिहान साँढे ९:०० बजेबाट स्कुलकै प्राङ्गणमा निःशुल्क आखा चेकजाँच तथा परामर्श सेवा शिविर सञ्चालन गरि समापन भएको प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिनुभयो ।प्रिन्सिपल ओझाले बिधार्थीहरुसँगै अभिभावकहरुले र नगरबासी तथा वडा बासी ले पनि शिविरमा सहभागी भई ३२० जना ले स्वास्थ्य लाभ लिएको बताउनुभयो ।

बिद्यार्थि हरु को चौतर्फीमा ध्यान दिदै आएको बिध्यालय ले  स्वास्थ लाई मध्य नजर गर्दै यो शै सत्र आँखा सिबिर राखिएको थियो जसमा ३२० को हाराहारी मा सिबिर को लाभ उठाएका छ्न ।गत बर्ष दन्त सिबिर गराएको थियो।बिद्यालय ले यस्ता सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply