बिहि, जेष्ठ २१, २०८३

अरनिको विद्यालयको ४६ औं वार्षिकोत्सब


किशाेर तामाङ पुनर्वास। कंचनपुरको पुनर्वास नगरपालिका–२ मा अवस्थित अरनिको आधारभुत बिद्यालयको ४६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले ४६ औं वार्षिकोत्सब समारोहलाई उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथी नगर प्रमुख शर्माले अहिले शिक्षा व्यवस्था लचिलो भएसँगै बिद्यालयहरुमा शैक्षिक स्तर खस्किदो देखिएपनि यसलाई सुधारमा आफु निरन्तर केन्द्रित रहेको बताउनुभयो ।उहाँले नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न र पर्याप्त भौतिक पुर्वाधारका विषयमा नगरपालिकाले सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले अन्य बिद्यालयहरुबाट आउने बिद्यार्थीहरु भन्दा अरनीको बिद्यालयका बिद्याथीहरु पढाईमा बलियो देखिएको बताउनुभयो ।प्रधानाध्यापक तामाङले बिद्यालयको भौतिक अवस्था,शिक्षक दरबन्दीको अवस्था र आगामी दिनमा सुधार गर्न आवश्यक विषयलाई उपस्थित माझ जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापनमा बोल्नुहँुदै बिद्यालयका अध्यक्ष दाउत तामा«ले बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि आफु लागिपरिरहेको जानकारी दिनुभयो ।उहाँले पहिलेको तुलनामा बिद्यार्थी संख्यामा समेत वृद्धि हुँदै गईरहेको र आगामी दिनमा अंग्रेजी माध्यम तर्फ ध्यान केन्द्रित भएको सुनाउनुभयो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाउत तामाङको सभाध्यक्षमा सम्पन्न समारोहको विशिष्ट अतिथीमा पुर्व राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया,वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा रहनुभएको थियोे । भने विभिन्न व्यक्तिहरु अतिथीमा आसिन रहनुभएको थियो ।नव आगन्तुक शिक्षक–शिक्षिकाहरुलाई र अक्षयकोषदाता शिव बिष्टका बुवाआमालाई सम्मान समेत गरिएको थियो । त्यसैगरी कार्यक्रममा बिधार्थीहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए ।शिक्षिका भुवनेश्वरी भट्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक भानुभक्त जोशीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply