बिहि, जेष्ठ २१, २०८३

प्राकृति श्रोत सुरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण


कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्राकृति श्रोत सुरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।महेन्द्रनगर स्थित सिद्धार्थ होटेलमा युएसएआईडी जल जंगल परियोजना अन्तर्गत एलटिआरसीको आयोजनामा प्राकृति श्रोत सुरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी सामुदायिक वन, गैसस, वाणिज्य र पत्रकारहरु लाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो।वातावरणीय अवराधको अवधारणा, नेपालमा वातावरणीय अवराधको अवस्था, वातावरणीय अपराधका कारण तथा नियन्त्रणका उपाय र प्राकृतिक स्रोत सुरक्षण, वातावरणीय अपराध नियन्त्रण सम्बन्धि नितिगत तथा कानूनी व्यवस्था लगायतका बारेमा प्रोग्राम मेनेजर अमन डंगौरा, योगेश पाण्डेय र वातावरण अधिकृत अशोक अवस्थीले प्रस्तुतीकरण दिनु भएको थियो।प्राकृति श्रोत सुरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम पौष ६ र ७ गते सम्म सञ्चालन हुने प्रोग्राम मेनेजर अमन डगौंराले बताए। यसले वातावरणीय अपराध अनुसन्धानमा टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

सम्बन्धित समाचार

Leave a Reply