बिहि, जेष्ठ २१, २०८३

शुक्लाफाँटामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २ ट्याक्टर नियन्त्रणमा


झलारी। शुक्लाफाँटा नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।

शुक्रबार वडा नं. ८ को बनहरा नदी र बछेला नदीमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका ट्याक्टरलाई स्थानीयको सहयोगमा नगर प्रहरीले नियन्त्रणमा लिएको हो। सुपप्र ०१–००२ त ४७६७ र से १ त ९८०४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक तथा इन्चार्ज झलकप्रसाद शर्माले बताए।

‘स्थानीय र नगर प्रहरीले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगाएको हो,’ उनले भने, ‘नदीजन्य पदार्थ उत्खनन् तथा रोकथामको जिम्मेवारी नगरपालिकाको भएको कारण आइतबार नगरपालिकाको जिम्मा लगाउँछौं।’ नियन्त्रणमा लिइएका ट्याक्टरलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ।

सम्बन्धित समाचार

Leave a Reply