कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएको खुल्ला सीमा क्षेत्रको कञ्चनपुर जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिले आज बुधवार अनुगमन गरेको छ ।
खुल्ला सीमा नाकामा हुने गतिविधीका बारेमा बुझ्न अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमन टोलीमा प्रजिअ सापकोटा, प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल उपरीक्षक खगेन्द्र चन्द, नेपाली सेनाका साहयक रथी, राष्ट्यि निकुञ्ज प्रमुख, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार ७८७ आसपासका पिल्लरहरुको स्थलगत अनुगमन गरेको बताए । अनुगमनका क्रममा २८ नं. जंगे पिल्लर आसपासका सव पिल्लर दुबै देशका सर्वेडिपाटमेन्टको सयुक्त अनुगमनबाट गाडीने बताउनु भयो ।
‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा हुने गतिविधिको बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको हो’,।
अनुगनका क्रममा भारतीय किसानले ५ दशक भन्दा लामो सयम देखि ७८७ नं. पिल्लर शुक्लाफाँटा राष्ट्यि निकुञ्ज आसपास क्षेत्रमा खेती गर्दै आएको पाइएको छ।
केहि दिन पहिला अतिक्रमण गरि खेती गरिरहेको अवस्थामा निकुञ्जले २ जना भारतीयलाई नियन्त्रणमा लिएका थिए ।

