नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश नवनिर्वाचित कार्यसमिति ले शपथ ग्रहण तथा प्रमाण पत्र वितरण एक कार्यक्रममा बिच सम्पन्न भएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश नवनिर्वाचित कार्यसमिति लाई शपथ ग्रहण तथा प्रमाण पत्र वितरण एक कार्यक्रमका साथ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शपथ ग्रहण लिएका अध्यक्ष लगायत लाई प्रमाण पत्र वितरण गरेका हुन।
उनले प्रमाणपत्र वितरणका साथै बधाई समेत दिएका छन्।निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमिति लाई पदभार ग्रहण संगै शुभकामना दिएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की लगायतको उपस्थितिमा कार्यक्रमको गरिएको हो। कानुन मन्त्री सार्किले समेत नवनिर्वाचित कार्यसमिति लाई बधाईका साथ शुभकामना समेत दिएका छन्।

