बिहि, जेष्ठ २१, २०८३

निःशुल्क खाना खुवाउँदै जय महाकाल युवा समुह


नरेन्द्र महरा, कञ्चनपुर, पुष २ कञ्चनपुरमा जयप महाकाल युवा समुहले समाजिक कार्य गरिरहेको छ । चार बर्ष अघि विश्वप्यापी रुपमा आएको कोरोना महामारीदेखि भोकालाई भोजन अभियान शुरुवा गरेको थियो । कोरोना महामारीमा रोगले भन्दा भोकले नेपाली नागरिकले ज्यान गुमाएको भन्दै काठमाडौमा बेसाहरा मानिसलाई निशुल्क भोजन खाना वितरण गरेको थियो ।

जय महाकाल युवा समूह हाल देशका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरि सामाजिक कार्यमा सक्रिय रहेको छ । जय महाकाल समुहले निशुल्क रुपमा बेसहारा असहाय नागरिकलाई काठमाडौ स्थित टोखामा १ हजार ६ सय ८५ दिन खाना वितरण गरिरहेको छ त्यस्तै जय महाकालले पशुपति नाथ मन्दिर क्षेत्रमा रहेका असहाय दिनदुखी नागरिकलाई पनि निशुल्क रुपमा खाना वितरण गरेको आज ५ सय ५६ दिन भैसकेको छ। झापाको मेचिनगरमा पनि जय महाकाल समुहले निशुल्क खाना वितरण गरिरहेको छ।

निःशुल्क खाना वितरण संगै महाकाल समुहले बेसहारा नागरिकलाई आर्थिक खाद्यान्न सहयोग, कृषि क्षेत्रमा कार्य, आवाज विहिनको आवाज अन्याय अत्याचारमा साथ सहयोग, भ्रष्टाचार विरुद्ध आवाज, युवालाई सामाजिक कार्यमा आवद्ध, छाडा चौपाया व्यवस्थापन गरी गौशाला व्यवस्थापन, गौ संरक्षण, लागू औषध विरुद्धका अभियान, सार्वजनिक स्थल सरसफाइ लगायतका कार्यहरु गरिरहेको छ।

कञ्चनपुर जिल्ला समितिले आईतवार देखि निशुल्क खाना खुवाउने अभियानको समेत सुरुवात गरेको छ। पुनर्वास ११ कञ्चनपुरको भारत र नेपाल जोडने सिमाना गौरीफन्टाुडोके बजार स्थित त्रिनेत्र गोदावरी धाममा निःशुल्क भोकालाई भोजन प्यासीलाई पानी अभियानको सुरुवात गरिएको जिल्ला महासचिव हिक्मत भण्डारी हाक्कुुले बताए ।

उनका अनुसार अब दिनको दुई पटक निरन्तर भोजन वितरण गरिने समेत गरिनेछ । रोजगारीका शिलशिलामा भारत गएका लुटिएका पिटिएका नागरिकहरुलाई एक छाक भएपनी खाना खुवाउने उदेश्य रहेको साथै कोहि पनि भोकले नमरुन भन्ने हाम्रो उदेश्य हो, हामी युवाहरु मिलेर खाना बाट बन्चित भएका अलपत्र नागरिकलाई निशुल्क खाना अभियानको सुरुवात गरेका छौ, अब यो अभियान अन्य जिल्लाको जस्तै गरि निरन्तर रहने साथै यो अभियानमा साथ सहयोग गर्न अपिल गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply