कञ्चनपुर, मंसिर २४। कञ्चनपुरको लालझाडी गाउँपालिकामा चौथो कञ्चनपुर सम्मेलन २०८१ सम्पन्न भएको छ । आईतबार ‘‘सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्च’’ चौथो कञ्चनपुर सम्मेलन २०८१ भएको हो ।

जिल्लाको उच्च विपद् प्रभावित क्षेत्र लालझाडी गाउँपालिकाको आयोजनामा भएको कञ्चनपुर सम्मेलनमा स्वागत मन्तव्य राख्दै लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले लालझाडी विपद्को उच्च जोखिममा रहेकाले सरोकारवालाले नियन्त्रणमा जोडदिएका छन ।
प्रमुख अतिथी समेत रहेका सुप प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सवा ३ अर्ब रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण भएको बताए । हामी सबै स्थानीय, प्रदेश, संघका जनप्रतिनिधी भएपनि हामी सबै मिलेर जाने बाहेक बिकल्प नरहेको बताए । उनले भने बाढीपहिरो, आगजानी, जंगली जनावर, हात्तीबाट प्रदेश सरकारले सहयोग गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विर बहादुर थापा पातलले दोदा नदीले लालझाडी गाउँपालिकाको नछोएको कुनै पनि वडा छैन । तीन महिना देखि जंगली हात्ती दिनानुदिन क्षति पु¥याएको छ ।
भीमदत्त नगरपालिकाबाट सुरुवात गरिएको कञ्चनपुर सम्मेलन पुनर्वास, दोधारा चाँदनी हुँदै लालझाडी गाउँपालिकाको आयोजनामा कञ्चनपुर सम्मेलन २०८१ गरेको छ । कञ्चनपुर सम्मेलन आगामी २०२५ मा बेलौरी नगरपालिकामा हुने बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
कार्यक्रम सम्बन्धी एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले प्रकाश पारेका थिए । कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले विश्वमा विपद सम्बन्धी ठूला–ठूला सम्मेलन भएका छन । स्थानीय स्तरमा सूचना, सुरक्षा, परिचालन घरहरु भत्के, बाख्रा मरे तर मानव क्षति नभएको बताए ।
पालिकाभित्र घरहरु कति जोखिममा छन तथ्याङ्क संकलन गर्ने र बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलाई डिडिसीले समयमा सूचना जारी नगरेको भए विपदबाट समस्यामा पर्ने कार्यकारी निर्देशक जैरुले बताए ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको सभापतिमा भएको सम्मेलनको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । कार्यक्रमको सञ्चालन लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गरेका हुन । कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दल, संघ÷संस्थाका प्रतिनिधी, स्थानीयको उपस्थिति रहेको थियो ।

