कञ्चनपुर, मंसिर २३ सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको साझा संगठन नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला सम्पन्न भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्को २१ औँ जिल्ला भेला सम्पन्न भएको हो । विद्यालय कर्मचारी परिष्दको जिल्ला भेलामा विद्यालय कर्मचारीहरुको हकहितका साथै संघीय शिक्षा ऐन मार्फतै विद्यालय कर्मचारीको पेशागत हकहित सुरक्षामा जोडदिएका छन ।
नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका अध्यक्ष ईन्द्रसिह कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक विद्यालय कर्मचारी परिषद् जिल्ला सचिव महानन्द पाण्डेयले गरेका थिए ।
कार्यक्रममा जिल्लाभरीका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो

