कञ्चनपुर । दार्चुला खलङगामा रहेको साग्रिला बैंकको झ्याल फोडेर चोरी गर्ने एक युवक प्रहरी फन्दामा परेका छन ।
१८मंसिरमा खलङगामा रहेको साग्रिला बैंकको झ्याल फोडेर चोरी गर्ने एक युवक प्रहरी फन्दामा परेका हुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चोरी गर्ने महाकाली नगरपालिका ४तल्लासैनीका २३ बर्षिया लुसार लुहार रहेका छन ।
लुहारको साथबाट ८४ हजार ५सय नगद रकम समेत बरामद गरिएको छ । लुहारमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।

