शनि, जेष्ठ २३, २०८३

खोका छाप्राका बासिन्दाहरूलाई बस्ति उजाड हुने त्रास


महेन्द्रनगर,कार्तिक ६ । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ मा खोका छाप्रा बनाएर बस्दै आइरहेका स्थानीय बासिन्दाहरूलाई आफ्नो छाप्रा उजाड हुने त्रासले सताएको छ् ।

महेन्द्रनगर बजारको पुरानो बसपार्कमा विगत ३० वर्ष देखि बसोबास गर्दै आइरहेका बासिन्दाहरूलाई आफ्नो बस्ति उजाड हुने डरै डरको त्रासले सताएको छ् ।

नगर विकास समितिले २०५६ सालमा २०८ घर परिवारलाई चिठ्ठा पारेर बस्न दिएको उक्त जमिन अहिले अवैद्यको रुपमा परिणत भएको भन्दै उक्त बस्तीमा बसोबास गर्दै आइरहेका परिवारहरूलाई भीमदत्त नगरपालिका र नगर विकास समितिले नै हटाउन खोजि रहेको उक्त बस्तिकी स्थानीय बासिन्दा बेलु देवी भण्डारीले बताएकी छिन् ।

‘विगतको समयमा चिठ्ठा पारेर बस्न दिएको उक्त जमिन अहिले आएर स्थानीय सरकारले हामीलाई अवैद्य संरचनामा बसेको भन्दै रात दिन बस्ति उजाड्ने धम्की दिइरहेका छन् , उनले भनिन्, ‘उक्त खोका छाप्रामा बसेर दिन रात मजदुरी काम गरेर नै आफ्नो जिविकोपार्जन चलाइरहेका छौं, भने भीमदत्त नगरपालिकालाई मासिक रुपमा १ हजार रुपैयाँ भाँडा समेत तिर्दै आइरहेका छौं तर, विगत एक वर्ष देखि बस्ति उजाड गर्ने भन्दै नगरपालिकाले भाँडा समेत उठाउन छोडेको बस्तीकी बासिन्दा भण्डारीले बताएकी छिन् ।’

भण्डारीका अनुसार नगरपालिकालाई पटक-पटक उक्त खोका छाप्राहरूको भाँडा उठाउन जानकारी दिएता पनि स्थानीय सरकारले आफ्नो कुराहरूमा कुनै चासो भने देखाएको छैन् । त्यसैगरी उक्त बस्तिका बासिन्दा शेर सिंह धामीनले २०५३ साल देखि बसेको उक्त बस्तिको मासिक १ हजार रुपैयाँ सरकारलाई भाँडा तिरेर नै बस्दै आइरहेको बताए ।

‘उक्त बस्तिका सबै व्यक्तिहरू दैनिक रुपमा मजदुरी काम गरेर नै आफ्नो जिविकोपार्जन चलाइरहेका छन्, उनले भने, ‘हामीलाई एक छाक टार्न समेत धौधौ परिरहेको छ् । उक्त खोका छाप्रा बाहेक आफ्नो अन्त कुनै टाउको लुकाउन समेत ठाउँ छैन् । २०८ छाप्राबाट नगरपालिकाले अहिलेसम्म १ सय छाप्रा जति डोजर लगाएर उजाड गरिसकेको छ् भने, उजाड गरिसकेका छाप्रामा बस्दै आइरहेका व्यक्तिहरूको अन्त ठाउँ भएकाले त्यही गएर बसिसकेका छन् तर, बाँकी छाप्रामा बसिरहेका व्यक्तिहरूको अन्त समेत कुनै ठाउँ नभएको धामीले बताएका छन् ।’

उक्त बस्तिका स्थानीयहरूका अनुसार २०५८ सालमा समिति गठन गरेर नगर विकास समितिका अध्यक्षले निर्णय गरेर नै रातो मसिले उक्त जग्गा वैधका रुपमा प्रमाणित गरेर नै दिएको हो । तर, अहिले आएर स्थानीय सरकारले प्रतेक महिना उक्त जग्गा खाली गराउन निर्देशन मात्र दिइरहेको छ् । धामीले रोक्नका लागि उच्च अदालतमा मुद्दा समेत हालेको बताएका छन् ।

त्यसैगरी धामीले २०७७ सालमा स्थानीय सरकारलाई खोका छाप्रा हटाउन नदिन उक्त बस्तीका सबै बासिन्दाहरू ७२ घण्टा अनसन बसेर नै सरकारसंग हारगुहार गरेको बताए । उनले भने,’ नगर विकास समिति र नगरपालिकाले उक्त बस्तिलाई हटाइनै हाले पनि बस्तीका पुरै व्यक्तिहरूलाई बस्नको उचित बासस्थानको व्यवस्थापन गरेर मात्रै हटाउन अनुरोध गरेका छौं ।’

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले उक्त बस्तिका बारेमा सर्बदलीय सर्भे राखेर निर्णय गरिरहेको बताएका छन् ।नगरपालिका र नगर विकास समितीले अहिलेसम्म थुप्रै अवैद्य संरचनाहरु हटाइ सकेको छ् भने, बाँकी रहेका संरचनाहरू हटाउन पटक-पटक सूचना निकाल्दै आइरहेको छ् ।

सम्बन्धित समाचार

Leave a Reply