कञ्चनपुर, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीनमा राजकीय भ्रमणमा छन । गत असार प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्ष समेत रहेका ओली चीनमा राजकीय भ्रमणमा निस्किएका हुन ।
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदान–प्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।
नेपालबाट परराष्ट्रसचिव र सचिवले हस्ताक्षर गरेका छन् । प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन् । टोखा–छहरे सुरुङ निर्माणसम्बन्धी पत्र आदान–प्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिबारे समझदारीपत्र, वसन्तपुर नौ तले दरबार निर्माण सम्पन्न भएको पत्र आदान–प्रदान, भैंसी–राँगाको प्रशोधित मासु निर्यात सम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको हो । तर, बिआरआईका विषयमा सत्ता साझेदार दल काँग्रेसले ऋण नलिने अडानपछि उक्त विषयमाले प्राथमिकता पाएको छैन । भ्रमणका क्रममा राष्ट्रपती सिजिङ्गपिङ्ग, समकक्षी ली छयाङ सहितका उच्च चीनिया अधिकारीसंग भेटवार्ता भएको छ ।

