कञ्चनपुर। पुर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरियामा इलेक्ट्रिक हाईस दुर्घटना हुदा चालक सहित ८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ४ जनाको गुलरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र चार जनालाई थप उपचारका लागि कैलालीको धनगढी स्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले बताएका छन्।
महेन्द्रनगरबाट धनगढीतर्फ तीब्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाले जनाएको छ ।

