बिहि, जेष्ठ २१, २०८३

सहकारी विषयमा निङलाशैनी सहकारीद्वारा अन्तरकृया


कञ्चनपुर, मंसिर १७ कञ्चनपुुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सरोकारवालासंग अन्र्तरकृया गरेको छ ।

निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी क्षेत्रको संरक्षण सम्वद्र्धन र सहकारीमा आवद्ध सम्पूर्ण जनशक्तिको क्षमता अभिवृद्धि, उद्यमशिलता र राष्ट्रिय पू“जिनिर्माणमा एक्यवद्धता पूर्वक सहकार्य गर्न गराउनकालागि स्कुलअफ कोअपरेटिभको अवधारण, उद्देश्य र भावि कार्य दिशा लगायतका बिषयमा अन्तरक्रिया गरेको हो ।

निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले हरेक सदस्यलाई वित्तिय साक्षरतादिन सक्ने गरि कर्मचारीहरु तयार गर्ने तयारी हुने ,शिक्षा समितिलाई सक्रियतुल्याउन सबै सहकारीका शिक्षा तालिम संयोजकको धारणामा एक रुपताल्याउने ,लेखा संयोजक, समितिको कार्य शुलता अभिवृद्धि गर्ने र आन्तरिक लेखा परिक्षण गर्न सक्ने दक्षजनशक्ती उत्पादन गर्ने ,संचालकहरुको सक्रियाता ल्याउन आफ्ना अनुभव आदानप्रदान गर्ने कार्यको थालनी गर्ने कार्यमा सबै सहकारी संग मिलेर तालिम, गोष्ठी , सेमिनार तथा अध्ययन अवलोकन भ्रमण गर्ने विषय राखेका छन ।

फिल्ड कर्मचारीलाई आचरण, व्यवहार सुधार गर्न छुट्टा छुट्ट तालिम आयोजना गर्न खर्च बढि हुने भएकोले सामुहिकगर्ने, नया“ फिल्डमा कामगर्ने कार्यलायमा कामगर्ने कर्मचारी तयार गर्ने सहकारी व्यवस्थापन तालिम गर्ने ,बार्षिक रुपमा तालिमहरुको बिषय सामग्री सहितको क्यालेण्डर तयार गरि कार्यान्वयनगर्ने ,शिक्षा तालिम कोषमा भएको रकमको २५ प्रतिसत रकम स्कुलअफको अपरेटिभ मार्फत खर्च गर्ने लगायतकाबिषयमा छलफल भएको थियो ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापकतथाकार्यकारी प्रमुखको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक दिप्ती शाहीको प्रमुख आतिथ्यता एवं कञ्चनपुर कोअपरेटिभ क्लबका अध्यक्ष गणेश दत्त भट्टको विशिष्ट आतिथ्यता सहितका सरोकारवालाको सहभागितामा गरेको हो ।

सम्बन्धित समाचार

Leave a Reply