बिहि, जेष्ठ २१, २०८३

घुर्सुवा खोलाबाट अवैध उत्खनन् गर्ने आठ टेक्टर नियन्त्रणमा


कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको उत्तरी भेगमा रहेको घुर्सवा खोलाबाट अवैध उत्खनन् गर्ने आठ टेक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले बेदकोट नगरपालिका ५ र ६ घुर्सवा खोलाबाट अवैध रुपमा ढुङगा उत्खनन् गर्ने आठ टेक्टर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले नदीबाट अवैध रुपमा उत्खनन् गर्ने टेक्टर र चालक नियन्त्रमा लिएको बताए ।

प्रवक्ता जोशीका अनुसार सुपप्र ०१०० त ५३७८, से १ त ९९०१, म१त ७६८, म१त ८४७, सुपप्र ०२००१ त १७२५, से १त ५०९०, से१त ५०१४ नम्बरको टेक्टर सहित चाकलहरु मान बहादुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकदेव राना, रोसन चौधरी, शिवलाल राना, विष्णू पन्त, दिपेश डगौरा सहितलाई नियन्त्रणमा लिएर बेदकोट नगरपालिकामा बुझाएको बताए ।

बेदकोट नगरपालिकाले उक्त टेक्टर सवारी मालिकमाथि जरिवाना गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply