बिहि, जेष्ठ २१, २०८३

पिपरैया दलित विपन्न समुदायलाई न्याना लुगा वितरण


डिल्लीराज पन्त कञ्चनपुर, मंसिर १५ कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरी ओदालीको बैजनाथ युवा जनसेवा समितिले गरिब विपन्न दलित समुदायलाई कपडा वितरण गरेको छ ।

शनिबार बैजनाथ युवा जनसेवा समितिले भीनपा १३ पिपैया हात्तीसारका गरिब विपन्न दलित समुदायलाई कपडा वितरण गरेको हो । बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले चिलो छल्नका लागि झण्डै २५ परिवारका बालबालिका, युवा, जेष्ठ नागरिकलाई वितरण गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बैजनाथ युवा जनसेवा समितिले समाजिक काम गरेको भन्दै धन्यवाद दिएका छन । कार्यक्रममा युवा जनसेवा समितिका पदाधिकारी सहितका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply