बिहि, जेष्ठ २१, २०८३

शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्टका लागि रास्वपा नेतृ सोबिता भोट माग्दै


कञ्चनपुर १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६मा हुने वडाध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनमा होमिएका शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टका लागि रास्वपा नेतृ सोबिता गौतम भोट मागिरहेकी छिन ।

शान्ति निकेतन माविका अध्यक्ष भट्ट रास्वपाबाट वडाध्यक्षका उम्मेदवार हुन । उनलाई जिताउन रास्वपा महिला नेतृ गौतम घरदैलो गर्दै भोट मागिरहेकी छिन । रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले बुधबारदेखि गौतम उम्मेदवारसंग जनताको घरदैलोमा गएर सुशासन र दीगो विकासका लागि मत मागिरहेको बताए ।

‘हिजो र आज हामीले घरदैलो गरेर जनतासंग मत माग्दैछौँ, ‘नगर सभापति जोशीले भने, ‘आज बिहीबार मोटरसाईकल ¥याली सहित चुनावी सभा गरेर जनतासंग मत माग्दैछौँ ।’ चुनावी सभामा रास्वपा नेतृ गौतम सहित सह प्रवक्ता रमेश प्रसाई सहितले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रास्वपा उम्मेदवार रामदत्त भट्टका यि हुन चुनावी एजेण्डाहरु समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा होमिएका छन । उनले अहिलेसम्म वडामा काँग्रेस, एमालेले नेतृत्व लिदा पनि जनताको उनै समस्या भएकाले समाधानका लागि आफु चुनावकामा होमिएको छु ।

अहिलेसम्म चुनाव जितेर वडा हाकेका एमाले काँग्रेसले जनताको आधारभूत समस्या बुझ्न सकेनन, न उनीहरुले विधी पद्दती बसाले, त्यही भएर जनता अहिले पनि दुखि छन । मैले समग्र वडाको समस्या पहिचान गर्दै ति समस्याको अल्पकालिन होईन, दिर्घकालिन समस्या समाधानका लागि योजना ल्याँउछु ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि पर्यटन, शिक्षकको क्षमता विकास गर्नु, वडाका सेवा शिघ्र पारदर्शी, खानेपानी, सडक सुरक्षा, लागु औषध नियन्त्रण, भौतिक पूर्वाधार विकास गर्छु ।

मैले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्छु, किसानलाई सिँचाईदेखि मलबिउ दिलाउँछु, लागु औषध नियन्त्रण, फोहोरमैला व्यवस्थापन गर्छु, भ्रष्टाचारमुक्त गराउछु ।’

सम्बन्धित समाचार

Leave a Reply