बिहि, जेष्ठ २१, २०८३

भीमदत्त ६ उप निर्वाचन : एमालेबाट काका–काँग्रेसबाट भतिजा चुनावी मैदानमा


कञ्चनपुर, ७ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि १६ मंसिरमा हुने उप निर्वाचनका लागि घरकै सदस्य फरक फरक दलबाट चुनावी मैदानमा होमिएका छन ।

सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेबाट काका भतिज चुनावी मैदानमा होमिएका हुन । नेकपा एमालेबाट बहादुर चन्द र नेपाली काँग्रेसबाट प्रकास चन्द काका भतिजा दुवै चुनावी मैदानमा होमिएका छन । २ मंसिरमा वडाध्यक्षका लागि मनोनयन दर्ता गराएसंगै चन्दद्वय चुनावी मैदानमा होमिएका छन ।

सत्ता साझेदार दलद्वयबाट उम्मेदवार बनेका काका भतिजा आ–आफ्नो दलका नेता कार्यकर्ताहरु मतदाता माझ लगेर चुनावी मैदानमा खटिएका छन । ३८ बर्षिया युवा भतिज प्रकास र ६० बर्षिया बृद्ध काका चुनावी मैदानमा होमिएपछि चन्द परिवार एव ईष्टमित्रले कसलाई छान्ने बारे अलमलमा परेका छन ।

नेवि संघ राजनीति गर्दै काँग्रेसी राजनीतिमा आएका प्रकास र लामो समय शिक्षण पेशासंगै शान्ति निकेतन माविको प्रद्यानाध्यापकबाट सेवानिवृत बहादुर चुनावी मैदानमा होमिएका छन । चन्द समुदायबाट मात्रै पाँच उम्मेदवार चुनावमा होमिएपछि चन्द परिवार सहित उनका ईष्टमित्रहरुलाई कसलाई छान्ने बारे अहिलेसम्मै अन्यौलता छाएको छ ।

काँग्रेस, एमाले सहित नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र चन्द, जनमतबाट यादव चन्द र स्वतन्त्रबाट युवराज चन्द चुनावी मैदानमा होमिएपछी अन्यौलता छाएका जनाएको छ । काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्दले आफु २२ बर्षदेखि विशुद्ध राजनीतिमा होमिएका आफ्नो परिवार, ईष्टमित्रदेखि गाँउलेहरुले मेरो संघर्षलाई बुझेको बताए ।

‘म कुनै व्यवसाय, पेशा गरेर यहाँ आएको होईन, ‘उनले भने, ‘मेरो त विशुद्ध राजनीति नै हो, म अहिले एजेण्डा लिएर चुनावमा होमिएको छु ।’ नेवि संघको राजनीतिबाट आएका चन्द काँग्रेस भीनपा ६का वडाध्यक्ष पनि उनले आफुले पाटीबाट टिकट पाउने पहिल्यै निश्चित भएकाले काकालाई सहयोगका लागि अपिल गरेपनि उनले नमानेको बताए ।

‘म विशुद्ध राजनीतिमा होमिदै आएको छु, मलाई मेरा मतदातालाई कुनै दुविधा छैन, ‘उनले भने, ‘म मिसन भिजनका साथ जनतामाँझ होमिएको योद्धा हुँ ।’ एमालेका उम्मेदवार बहादुर चन्दले स्थानीय विकास निर्माणका चुनावी एजेण्डा अघि सारेर एक पटक घरदैलो सकेर फेरी घरदैलोमा जुटेको बताए ।

‘मैले भतिजसंग पहिल्यै उसकै घरमा गएर तेरो पाटीले टिकट दिने नदिने विषयमा कुरा गरेको थिए, उनले मलाई टिकट पाईने नपाईने फिक्स केही कुरा भनेन, मेरो शुरुवातमै टिकट भएको थियो, मैले पत्रकार सम्मेलन गरेर चुनावमा होमिएपछि उसलाई पनि काँग्रेसले टिकट दिएको थाहा भयो ।’ उनले आफुहरु व्यक्ति गौण विषय भएकाले १६ पछि काका र भतिज पुरानै अवस्थामा आउने बताए ।

‘चुनाव हामी काका भतिजले जित्ने हार्ने होईन, हाम्रो पाटीले हार्ने जित्ने हो, ‘यसमा केही छैन, यो त राजनीति पो हो ।’ वडाध्यक्षका लागि दुई स्वतन्त्र, १० दल सहितका १२ उम्मेदवार चुनावमा होमिएका छन । ५ हजार, ४३४जम्मा मतदाता रहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply